बाजी मैले मारेँ, आजदेखि कामको ट्रयाक चेन्ज गर्दैछु : डा. तुम्बाहाम्फे

‘मुलुकमा पितृसत्ता सोचले संस्थागत रुपमा जरा गाडेको छ’

काठमाडौं । उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले आफुले संविधान अनुसार नै प्रतिनिधिसभालाई नेतृत्व विहिनको कल्पना नगरेकाले अहिलेसम्म राजिनामा नदिएको स्पष्ट पारेकी छिन् ।

संघीय संसदमा प्रतिनिधिसभाको पहिलो बैठकपछि पत्रकार सम्मेलन गर्दे उनले संसदको ठूलो पार्टीले सभामुखको उमेदवारको टुंगो लगाएकाले आफुले सोमबार मात्रै राजीनामा दिएको स्पष्ट पारेकी हुन् । संस्थालाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफुले बाँजी मारेको दाबी पनि गरीन् ।

उनले भनिन् “बाजी मैले मारेँ । आज देखि कामको ट्रयाक चेन्ज गर्दैछु ।”

राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफुलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको पनि स्पष्ट पारिन् । उनले भनिन् “मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था होइन । मेरो व्याकअपमा संविधान थियो ।”

आफुले कसैले भनेर राजीनामा नगरेको पनि उनले स्पस्ट पारिन् । उनले भनिन् “मैले जे बोले त्यो पुर्याएँ । नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेँ । ”

पत्रकारहरुले पटक पटक आफुलाई राजीनामा कहिले दिने भनेर सोध्ने गरेको भन्दै उनले सकारात्मक भन्दा नकारात्मक कलम चलाउनेहरुका कारण आफुलाई उर्जा मिलेको पनि उल्लेख गरीन् ।

उनले आफुले सभामुख पदका लागि गरेको दाबी अस्वभाविक नभएको दोहोर्याइन् । उनले भनिन् “सभामुखको उम्मेदवारको दाबी गरेँ । यो अस्वभाविक होइन । स्वभाविक हो ।”

उनले मुलुकमा पितृसत्ता सोच मात्रै नभई संस्थागत रुपमा जरा गाडेर बसेको टिप्पणी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?