मेहेन्दी लगाउने उपयुक्त तरिका

हात राम्रोसंग घुएर मात्र मेहन्दी लगाउनु उपयुक्त हुन्छ हातमा मेहन्दी लगाइसकेपछि कम्तीमा २ देखि ३ घण्टा सुक्न दिनुपर्छ हातमा लगाएको मेहन्दी सुक्नथालेपछि कागतीको रस र चिनीको मिश्रण दुई पटक लगाउनु पर्ने हुन्छ । जसको कारण हातमा मेहन्दी २ देखि ३ घण्टा राख्न सहज हुन्छ मेहन्दी सुकेपछि उत्त मेहन्दीको माथि कुनै पनि खान योग्य तेल लगाई १० मिनट पछि उत्त मेहन्दीलाई उक्काउनुपर्छ मेहन्दी लगाएको दिन मेहन्दी लगाएको हातमा पानी पर्न नदिने जस्को कारण मेहन्दी लामो समय टिक्छ सुकेको मेहन्दी हातबाट हटाएपछि ८ देखि १० वटा ल्वाङ्ग तावामा राखी तताउने तातेको ल्वाङ्गको धुवाले उत्त मेहन्दी लगाएको हातमा सेक्ने यसो गर्नाले मेहन्दीको कलर गाढा बस्छ हातमा लगाएको मेहन्दीलाई आफै सुक्न दिने । मेहन्दी सुकाउन पंखाको प्रयोग नगरेको राम्रो । यसो गर्दा मेहन्दीको कलर कम लाग्छ मेहन्दी लगाउनु भन्दा अघि नङ्गमा पालिस लगाउनु बेस हुन्छ मेहन्दीले जती रात हुदै गयो त्यती रङ्ग छाड्दै जान्छ, त्यसैले मेहन्दी साझ पख लगाएर अबेर राती उप्काउदा राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?