किन बञ्चित भए एमाले उम्मेदवार मनोनयनपत्र दर्ता गर्नबाट

ललितपुर, १० माघ । तीन नंं प्रदेशका लागि राष्ट्रियसभा उम्मेदारी दर्ता गर्न पुगेका नेकपा एमाले उम्मेदवारहरु मनोनयपत्र दर्ता गर्नबाट बञ्चित भएका छन् एमाले उम्मेदवारहरुले आवश्यक कागजपत्र उपलब्ध गराउन नसकेपछि मनोनयपत्र दर्ता गर्नबाट बञ्चित भएका हुन् जिल्ला निर्वाचन आयोगले उपलब्ध गराउने मतदाता नामावलीमा समावेश भएको निस्सा उपलब्ध गराउन नसकेपछि एमालेका पाँच उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्न सकेनन् एमाले उम्मेदवारहरु ललितपुरको मानभवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र बुझाउन पुगेका बलराम बास्कोटा, यदुराम भुसाल, सिंहबहादुर विक, उदय शर्मा र रामचन्द्र राई जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराउने मतदाता नामावलीमा समावेश भएको निस्सा नलिई कार्यालय पुगेका थिए मनोनयनपत्र दर्ता गर्न नपाएपछि उनीहरुले अहिले जिल्ला निर्वाचन कार्यालयबाट निस्सासहितका कागजात लिएर जाने तयारी गरिरहेको जनाइएको छ । एमालेकै दिलकुमारी थापा रावलले भने उम्मेदवारी दर्ता गराएकी छन् । उता माओवादी केन्द्रका उम्मदवार रामबहादुर थापा बादल र गंगा पराजुलीले भने उम्मेदवारी दर्ता गराइसकेका छन् भने नेपाली कांग्रेसका उम्मेदवारहरुले अहिलेसम्म उम्मेदवारी दर्ता गर्न पुगेका छैनन् उम्मेदवारी दर्ता गरेर निस्किएलगत्तै नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापाले विकास निर्माणको कामलाई तीव्रता दिन लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले बाम गठबन्धनको साझा घोषणा पत्रमा उल्लेख भएअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?