गाेकुलेश्वर कृषि क्याम्पस स्ववियुले अन्तरकलेज स्तरीय विभिन्न प्रतियोगिता गर्ने

विनोद सिंह विष्ट–बैतडी, १० माघ । स्वतन्त्र बिधार्थी युनियन गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, बैतडीले अन्तरकलेज स्तरीय प्रतियोगिताहरु सञ्चालन गर्न आह्वान गरेको छ स्ववियुले नेपालमा रहेका अन्य कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (आई एए एस)संग अन्तर्गतका स्ववियु सभापति तथा सम्बन्धित कलेज प्रशासनलाई संयुक्तरुपमा खुला आह्वान गरिएको हो गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, बैतडी स्ववियुले बुधवार एक आह्वान पत्र समेत निकालेको छ विधार्थीहरुको पढाईसंगै अतिरिक्त क्रियाकलाप पनि आवश्यक पर्ने भएकोले यस्तो आह्वान गरिएको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, बैतडीका स्ववियु सभापती राजेन्द्र बमले जानकारी दिनुभयो । विद्यार्थी जीवनमा अध्ययनका साथसाथै अन्य अतिरिक्त कुराहरुलाई नि बढाउदै लैजानु पर्दछ उहाँले भन्नुभयो “ हामीले अध्ययन गर्दै गरेको क्षेत्र पढाइमा मात्र नभई आफ्नो व्यक्तित्व विकास अनि प्रस्तुतीकरणमा पनि निकै अब्बल हुनुपर्छ ”“विकासका लागि खेल, मैत्रीपूर्ण सम्बन्धका लागि खेल तथा मनोरन्जनका लागि खेल” भन्ने भावनालाई आत्मसाथ गर्दै स्ववियु कृषि कलेज बैतडी र कलेज प्रशासनको संयुक्त सहमतिमा (आई एए एस)कप अन्तर्गत फूटबल प्रतियोगिता साथै हाजिरीजवाफ,वादविवाद तथा बक्क्तित्वकला, गजल, कविता बाचन लगायतका प्रतियोगिता सञ्चालन गर्न आह्वान गरिएको हो नेपालभरी (आई एए एस) अन्तर्गत कम मात्रामा कलेज भएपनि आफ्नो कलेज बाहेक अन्य ठाउका विद्यार्थीहरुसंग अनबिज्ञ हुनुका साथै विद्यार्थीहरुको ब्यक्त्तित्व विकास, सामाजिक विकास लगायत सम्पूर्ण कृषि क्रान्ति समेत सान्दर्भिक हुने जनाएको छ यस एजेन्डालाई सफल पार्न जोडदार रुपमा माग पेश गरौ,दबाब दिनु पर्ने ठाउमा दबाब दिइने र तत्काल प्रतियोगिता सञ्चालन गर्न नसकिएपनि मूलधारमा गए सफल भईने भएकोले सबैले ध्यान दिनुपर्नेमा जोड दिईएको छ नेपालमा (आई एए एस) अन्तर्गतका कलेजहरुमा बैतडी सहित लमजुंङ,पक्लिहवा र दाङ रहेका छन् आई एए एस अन्तर्गत बाहेकका हेटौंडा, ईलाम र रामपुर कृषि कलेजलाई समेत यस प्रतियोगितामा समेट्न सकिने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?