ग्रामीण भेगका बासिन्दा बैंकिङ पहुँचदेखि टाढा

काठमाडौं, १० माघ । वित्तीय क्षेत्रको विकास द्रुत गतिमा भइरहँदा काठमाडौंको छिमेकी जिल्ला नुवाकोटका बासिन्दा बैंकिङ पहुँचभन्दा टाढा छन् काठमाडौंबाट ४५ किलोमिटर उत्तर तथा नुवाकोटको दक्षिण पश्चिममा पर्ने पञ्चकन्या र शिवपुरी गाउँपालिकामा राष्ट्र बैंकको नियमनमा रहेका कुनै पनि बैंक तथा वित्तीय संस्था पुगेका छैनन् तुलनात्मकरुपमा विकास शहरमा ‘बैंकमा ग्राहक आउने होइन, ग्राहकमा बैंक पुग्ने’ योजना सार्वजनिक भइरहँदा सो क्षेत्रका बासिन्दा वित्तीय सेवाबाट वञ्चित रहँदै आएका छन् पञ्चकन्या गाउँपालिका–५, शिवपुरी गाउँपालिका– ५, ६ र ७ का बासिन्दाका लागि भनेर नेपाल राष्ट्र बैंकको सहयोगमा तितिक्षा फाउण्डेसन र कुण्डला भूपू विद्यार्थी समाजले कुण्डला उच्च माविमा आयोजना गरेको वित्तीय शिक्षा कार्यक्रममा सहभागी अधिकांशले आफ्नो बैंक खाता नभएको बताएका छन् पञ्चकन्या र शिवपुरीमा कुनै पनि बैंक तथा वित्तीय संस्था छैनन् । बैंकमा पुग्नका लागि कम्तिमा डेढ घण्टाको बाटो हिँड्नुपर्ने र खाता खोल्दाको फाइदाका विषयमा जानकारी नभएकाले आफूहरुले बैंकमार्फत कारोबारमा चासो नदिएको उनीहरुले बताएका छन् । उक्त वित्तीय शिक्षा कार्यक्रममा सहभागी दुर्गा सिटौलाले बैंकमा धाउन समस्या हुने बताए । आफूहरुसँग भएको रकम समूह बनाएर संकलन गर्दै आएको र त्यसमध्येबाट काम चलाउने गरेको उनको भनाइ छ उक्त क्षेत्रमा महिलाले फरक–फरक समूह बनाएका छन् । समूहका सदस्यबाट दैनिक रकम संकलन गरिन्छ । जम्मा भएको सबै रकम समूहको अगुवाकै साथमा हुन्छ । संकलन भएको रुपैयाँ साथमै राख्नुपर्ने हुन्छ । वित्तीय शिक्षा लिन आएका १५० जनामध्ये अधिकांशको बैंक खाता छैन । कार्यक्रममा अधिकांश महिला थिए । उक्त कार्यक्रममा परिवेक्षकका रुपमा पुग्नुभएका राष्ट्र बैंकका उपनिर्देशक सार्थक कार्कीले बैंकमा खाता खोल्न सहभागिलाई आग्रह गरे । उनले बैंकका खाता खोल्ने तरिका सिकाउनुका साथै आफूसँग रहेको नोटको सुरक्षा गर्ने तरिकाबारे जानकारी दिनुभयो यहाँका बासिन्दालाई बैंकमा खाता कसरी खोल्ने, ऋण कसरी लिनेलगायत विषयमा जानकारी छैन । यी सबै विषयमा जानकारी गराउँदै डा तीर्थराज लुइँटेलले कसरी बचत गर्ने र कहाँ बचत गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए राष्ट्र बैंकको सहयोगमा भएको सो कार्यक्रम नुवाकोटकै पहिलो हो । उक्त क्षेत्रका बासिन्दा भूकम्पबाट निकै प्रभावित छन् । उनीहरुले राहत लिनका लागि सदरमुकाम विदूर पुगेर बैंक खाता खोलेका भएपनि राहत लिएपिछ सो खाता प्रयोगमा भने आउँदैन त्यस्तै वैदेशिक रोजगारीमा गएकाको रकम बैंकिङ प्रणालीमार्फत आउँछ र घरमै थन्किन्छ । वैदेशिक रोजगारीबाट प्राप्त रकम सरकारी बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्दा सुरक्षित हुने र नियमित ब्याज पाइने उपनिर्देशक कार्की बताए वित्तीय शिक्षा भनेको आर्थिक जागरुकता हो । आफूसँग भएको रकमको सदुपयोग गर्ने ज्ञान हो । वित्तीय शिक्षा आर्थिक आर्जन गर्ने, बचत गर्ने, लगानी गर्ने र लगानीबाट नाफा हासिल गर्ने कौशल हो । वित्तीय शिक्षामार्फत देशभरका नागरिकको आर्थिक अवस्था सुधार गर्न सकिन्छ देशभर वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, माइक्रो फाइनान्स, सहकारीको संख्या सयौँ भएपनि बैंकिङ पहुँच भने ६५ प्रतिशत पनि पुगेको छैन । बीमा कम्पनी धेरै शहरी क्षेत्रमा कन्द्रित भएकाले ९३ प्रतिशतभन्दा बढी नागरिकको बीमा भने छैन यस्तो अवस्थामा वित्तीय शिक्षा राज्यको उच्च प्राथमिकतामा पर्नुपर्छ भने कुण्डला उच्चमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापा । उनका ग्रामीण भेगका बासिन्दाको आर्थिकस्तर माथि उठाउन यस्ता कार्यक्रमले मद्दत गर्ने बताए सरकारले वित्तीय नीतिमार्फत तथा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उक्त विषय अठाउँदै आएको भएपनि आम तहमा अर्थात मास लेभलमा पुग्न सकेको छैन । सरकारी निकाय राष्ट्रिय योजना आयोग र राष्ट्र बैंककै अध्ययनमा प्रदेश नं ३ मा सबैभन्दा कम गरिब नागरिक छन् तर पनि अधिकांशको बैंक खाता भने छैन । तितिक्षा फाउण्डेसनका अध्यक्ष तितिक्षा मगर ग्रामीण बासिन्दाले वित्तीय शिक्षा पाएमा आफूसँग भएको रकमको सदुपयोग गर्ने बताए वित्तीय शिक्षा भनेको एकतर्फीरुपमा भाषण नभई व्यावहारिक रकमको सही सदुपयोग गर्नका लागि जान्नुपर्ने हुन्छ । त्यसका लागि बैंक खाता खोल्दा कस्ता सामग्रीको आवश्यकता पर्छ, बचतपत्रमा खरिद कसरी गर्ने र कर्जा कसरी लिने भन्ने विषयमा व्यावहारिक शिक्षा दिए आफूसँग भएको पूँजीलाई लगानी गरेको विस्तार गर्ने कार्यका लागि छिमेकी मुलुक भारतमा जस्तै राष्ट्रिय तथा स्थानीय माध्यममार्फत पनि वित्तीय शिक्षा दिइएमा प्रभावकारी हुने सुझाव कार्यक्रमका सहभागिको रहेको छ । देशको भूवनोटका कारण एफएम रेडियो वित्तीय साक्षरताका लागि प्रभावकारी साधन बन्ने भूपू विद्यार्थी समाजका उपाध्यक्ष सुष्मीता पाठकले बताए नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार ७५३ स्थानीय तहमध्ये ३३२ मा मात्र बैंक तथा वित्तीय संस्था पुगेका छन् । प्रदेश नं ३ मा ११९ स्थानीय तह छन् तर बैंक पुगेका ६३ मात्र छन् । सरकारले सबै स्थानीय तहमा बैंक जानुपर्नेमा जोड दिएको छ तर अनुमति लिएर पनि बैंक तथा वित्तीय संस्था स्थानीय तहमा गएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?