काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब ललितपुरमा सम्पन्न वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफले पाँच स्वर्ण पदकसहित च्याम्पियन भई एक लाख पुरस्कार प्राप्त गरेको छ ।
उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्णसहित दोस्रो हुँदै ५० हजार पुरस्कार प्राप्त ग-यो । पुरुषतर्फ नेपाली सेनाका राजेश चौधरी तथा महिलातर्फ नेपाल पुलिस क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भईन् । उनीहरु २५ हजारसहित पुरस्कृत भए । राजेशले ६५ किलो तथा रिताले ५५ किलो तौल समूहमा स्वर्ण जिते । प्रतियोगितामा भाटभटेनीले अनुशासित टोलीको उपाधि प्राप्त ग-यो ।
ललितपुरको चापागाउँस्थित प्याङगाउँमा सम्पन्न प्रतियोगिताको पुरुष ५० किलोमा मेन डोजोका मनोज रानामगर पहिलो, एपीएफका सञ्जय राई दोस्रो तथा आर्मीका यामराज थापा मगर र मेन डोजोका भक्तराज जोशी तेस्रो भए ।
यस्तै पुरुष ५५ किलोमा एपीएफका रोहित चुनारो पहिलो, नोपली सेनाका तारा तामाङ दोस्रो तथा मुवाँथाईका दावा फुन्जो शेर्पा र पुलिस क्लबका राजेन्द्र सिन्जाली मगर तेस्रो भए । पुरुष ६० किलोमा एपीएफका वीरेन्द्रसिंह कोठारी पहिलो, पुलिस क्लबका मुकेश पण्डित दोस्रो तथा मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तृतीय भए। पुरुष ६५ किलोतर्फ आर्मीका राजेश चौधरी पहिलो, मुवाँथाईका फुर्देनी शेर्पा दोस्रो तथा बक्समान्डुका मनीषकुमार भुजेल र पुलिसका समन धुस्री तृतीय भए । पुरुष खुला तौल समूहमा रेजका कोशिष श्रेष्ठ पहिलो, एपीएफका भुपेन्द्र शाह दोस्रो तथा सो क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेस्रो भए ।
यसैगरी महिला ६५ किलोतर्फ एपीएफकी विनिता थापा मगर पहिलो, नेपाली सेनाकी मन्जु विक दोस्रो तथा एपीएफकी मनिषा राउत र मेन डोजोकी रविना तामाङ तृतीय भइन्। महिला खुला तौल समूहमा आर्मीकी विन्दु पुन पहिलो, एपीएफकी जयन्ती श्रेष्ठ दोस्रो तथा मेन डोजोकी पुनम कर्माचार्य र मुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तृतीय भइन्। महिला ६० किलोतर्फ एपीएफकी निशा विक पहिलो, मेन डोजोकी सुस्मिता शाही दोस्रो तथा मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेस्रो भइन् ।
महिला ५० किलोमा एपीएफकी सन्जुमाया थिङले स्वर्ण, आइकेकेएफकी करिश्मा कार्कीले रजत तथा सेनाकी रुविका खड्का र शान्ति थापा मगरले कास्य पदक प्राप्त गरिन् । महिला ५५ किलोतर्फ नेपाल पुलिसकी रीता ठकुल्लाले स्वर्ण, एपीएफकी विद्या गुरुङले रजत तथा आर्मीकी अनुपमा नेपाली र रिना धमालले कास्य पदक प्राप्त गरिन् ।
तीनदिनसम्म चलेको सो प्रतियोगितामा १२२ खेलाडी सहभागी रहेको आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।प्रतियोगितामा पुरुषतर्फ छ तथा महिलातर्फ पाँच स्पर्धा समावेश गरिएका थिए । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही आठ पुरस्कार प्राप्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया