काठमाडौँ । उपसभामुख शिवमाया तुम्वाहाङ्फेले सोमबार तय भएको प्रतिनिधिसभाको पहिलो चरणको बैठकको अध्यक्षता गर्ने भएकी छिन् ।
त्यसपछि उनले राजीनामा दिएर सभामुखको निर्वाचन प्रक्रियाका लागि मार्गप्रशस्त गर्नेछिन् ।
सिंहदरबारमा सोमबार बिहान नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, काँग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालसँग छलफल गरेपछि उनले नै पहिलो चरणको बैठक सञ्चालन गर्ने र त्यसपछि राजीनामा दिनेबारे समझदारी भएको हो ।
उनको राजीनामापछि जेष्ठ सदस्यको हैसियतमा राजपा सांसद महन्थ ठाकुरले राजीनामा पत्र बढेर सुनाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया