काठमाडौं । नेपाल पुलिस क्लबले काठमाडौंमा जारी पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ पहिलो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा सोमबार भएको खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो ।
पहिलो खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबसँग पराजित पुलिसले ढोरपाटनलाई २५-५, २५-१५ र २५-८ ले पराजित गर्यो । जितसँगै समूह बी को पुलिसले २ खेलमा ३ अंक जोडेको छ । पुलिस सेमिफाइनल नजिक पुगेको छ । महिलातर्फ समूह ए बाट एपीएफ र आर्मी सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ १० टिमको सहभागिता रहेको छ । महिलातर्फ ७ टिमको सहभागिता रहेको छ । माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया