कुकुर मरेपछि यी व्यक्तिले गरे विधिवत काजक्रिया…

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित युपीमा कुकुर मरेपछि गरिएको शोक सभा अहिले भाइरल बनिरहेको छ । युपी स्थित मुजफ्फर जिल्लामा कालु नामको एक कुकुरको दाहसंस्कार विधिविधान सहित गरिएको छ ।

कुकुर मरेको १३ औँ दिनका दिन कुकुर मालिकले विशेष पूजा गरेका छन् । त्यसैले कालु नामको कुकुरको चर्चा सामाजिक सञ्जालमा धेरै भएको छ ।

कुकुर मरेपछि परिवारले आफ्ना नातेदारहरुलाई बोलाएर १३ औँ दिनको दिन भोज खुवाएका छन् । उनीहरुले कुकुरको आत्माले शान्ती पाओस् भनेर विधिवत रुपमा कुकुरको तोह्रौँ दिनमा छिमेकी,नातेदार र साथीहरुलाई बोलाएर भोज खुवाएका हुन् ।

डाक्टर सेनी नाम गरेका उक्त व्यक्तिका लागि कुकुर कुकुरमात्र थिएन,परिवारको एक सदस्य जस्तै थियो । उक्त कुकुरलाई सेनीले गल्लीमा घुमिरहेको भेटेर घरमा ल्याएर पालेका थिए ।

उनले भारतीय सञ्चारमाध्यामसँग कुकुर घरमा लगेपछि घरमा भईरहेका समस्याहरु पनि हटेको बताएका छन् । त्यसैले कुकुरको अन्तिम संस्कार विधिवतरुपमा गरेको उनले बताए । साथै उनीहरुको निमन्त्रणालाई मानेर आएका ११ सय जनालाई तेह्रौँ दिनको भोज खुवाएका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?