काठमाडौं । भारतले अस्ट्रेलिया विरुद्धको एकदिवसिय सिरिजमा जित हात पारेको छ । बैंगलोरमा आइतबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ७ विकेटको जित निकाल्दै भारतले सिरिज २-१ ले जितेको हो ।
अष्ट्रेलियाले दिएको २ सय ८७ रनको लक्ष्य भारतले ४७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा रोहित शर्माले १ सय १९ रनको शतकीय इनिङ्स खेले । उनको यो करियरको २९ औं एकदिवसीय शतक हो । यस्तै कप्तान विराट कोहलीले ८९ रनको अर्धशतकीय इनिङ्स खेल्दा श्रेएस आयरले अविजित ४४ रन बनाए ।
अष्ट्रेलियाका जोश हाजलउड, अश्टन अगर र एडम जाम्पाले समान १-१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८६ रन बनाएको थियो । अष्ट्रेलियाको लागि स्टिभ स्मिथले १ सय ३१ रनको शतकीय इनिङ्स खेले । यस्तै मार्नुसले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा एलेक्स केरीले ३५ रन बनाए ।
भारतका मोहमद शामीले ४ विकेट लिए । रबिन्द्र जडेजाले २ विकेट लिए ।
सिरिज अन्तर्गत पहिलो खेल अष्ट्रेलियाले १० विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै भारतले सिरिज १-१ को बराबरी गरेको थियो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया