मनाङलाई नेपाल आयल निगमद्वारा ३५ लाखको प्रायोजन

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग क्लब मनाङ मर्स्याङदी क्लबलाई नेपाल आयल निगमले प्रायोजन गरेको छ ।

आठौं पटक लिग च्याम्पियन मनाङलाई आयल निगमले एक वर्षको लागि मुख्य प्रायोजन गरेको हो । आयल निगम र मनाङबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । निगम कार्यकारी निर्देशक सुरेद्र कुमार पौडेल र मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रायोजन सम्झौतासँगै मनाङलाई आयल निगमले एक वर्षको लागि ३५ लाख उपलब्ध गराउने छ । मनाङको लागि यो हालसम्मकै सर्वाधिक ठुलो प्रायोजन हो ।

यो पनि पढ्नुहोस् :

मनाङ मर्स्याङदीलाई नेपाल आयल निगमले प्रायोजन गर्ने

ए डिभिजिन लिगमा आज दुई खेल हुँदै, को-को भिड्दै ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?