पुलिस समात्न आउँदा पनि भागेनन् आइएस-आइएसका यी लडाकु…

काठमाडौं । संसारमा आतंककारी समूह आईएस-आईएसको बारेमा जानकारी नराख्ने मानिस सायदै छन् । पुलिसहरु आतंककारी संगठनका सदस्यहरुलाई समात्नको लागि बिभिन्न समस्याहरुसँग लडेर बल्ल-बल्ल समात्न सफल हुन्छन् ।

तर आजमात्रै पुलिसले आइएस-आइएस आतंककारी संगठनका एक सदस्यलाई सजिलै गिरफ्तार गरेको छ । अचम्मको कुरा त के छ भने आतंककारी संगठनका उक्त सदस्य प्रहरी समात्न जाँदा पनि भाग्न सकेनन् ।

आइएस-आइएस आतंककारी संगठनका जब्बा द जिहादी नामक एक सदस्यलाई प्रहरीले आज पक्राउ गरेको हो । उनी एक कट्टरपन्थी नेता समेत हुन् ।

उनलाई ईराकी सेनाले मोशुल शहरबाट पक्राउ गरेको हो । उनलाई मुफ्ति अबु अब्दुल बारीका नामबाट पनि चिन्ने गरिन्छ ।

उनी इराकी सेना त्यहाँ जाँदा आफ्नो शरीरको अत्याधिक तौलका कारण नै भाग्न सकेनन् । उनको तौल यति धेरै छ कि, उनलाई आफ्नो बिस्ताराबाट उठ्न पनि कसैको सहायता चाहिन्छ ।

तौलका कारण भाग्न नसकेका उनलाई सेनाले सहजै गिरफ्तार गरेको थियो । गिरफ्तार पछि जब सेनाले उनलाई भ्यानमा राख्न खोज्यो तब उनी सेनाको भ्यानमा अट्टाएनन् ।

उनको तौल १ सय ३५ किलो रहेका छ । त्यसैले उनलाई प्रहरीले ट्रकमा राखेर जेलमा लिएर गएको छ । इराकी सुरक्षा एजेन्सीका अनुसार जारी गरेको एक बयानमा उक्त आतंककारीलाई सुरक्षा बलको बिरुद्ध भड्काउने खालको भाषण दिने गर्दथे ।

उनी आतंककारी संगठन आइएस-आइएसका एक शीर्ष नेता हुन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?