उम्मेदवारी दर्ता गरेपछि माओवादी नेता बादलले दिए यस्तो प्रतिक्रिया

काठमाडौं, १० माघ । नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापा बादलले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् उम्मेदवारी दर्ता गरेपछि नेता थापाले विकास निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ललितपुरको मानभवनस्थित निर्वाचन अधिकृतको कार्यालय परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले वामगठबन्धनको साझा घोषणा पत्रअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् प्रतिनिधिसभामा चितवनबाट उम्मेदवारी बन्न खोजेपनि नपाएका उनले प्रदेश ३ बाट राष्ट्रियसभाको उम्मेदवार बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?