लोरिन्टलाई पराजित गर्दै पीएसजी फ्रेन्च कपको अन्तिम १६ मा

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

आइतबार भएको भएको खेलमा लोरिन्टलाई १-० गोल अन्तरले पराजित गर्दै पीएसजी अन्तिम १६ मा पुगेको हो । पीएसजीको जितमा पाब्लो साराबियाले निर्णायक गोल गरे । खेलको ८० औं मिनेटमा साराबियाले निर्णायक गोल गरेका थिए ।

अब पीएसजीले अन्तिम १६ मा पाउ फुटबल क्लबसँग खेल्नेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?