बुद्ध एयरको जहाज र यति एयरलाइन्स एकआपसमा ठोक्कियो

काठमाडौं । त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा २ वटा विमान ठोक्किएका छन् ।
सोमबार बिहान काठमाडौंबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको हो ।

विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग ठोक्किएको हो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ । ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?