माछा समातेरै रातारात लखपति !

काठमाडौं । पाकिस्तानको कराचीमा बस्ने एक माझी रातारात लखपति बनेका छन् । अरब सागरमा माछा समात्ने क्रममा उनले दुईवटा महंगा माछा आफ्नो जालमा पार्न सफल भए ।

माछाहरुलाई बेच्नको लागि उनले बजारमा लिएर गए । बजारमा माछा लगेर बेच्न राख्दा माछा किन्नेको लाइन नै लाग्यो । उनले समातेर ल्याएका ति दुई माछा मानिसहरुले लाखौँ तिर्न पछि परेनन् ।

अन्तर्राष्ट्रिय बजारमा उक्त माछाको मूल्य लाखौँमा रहेको छ । ग्राहकहरुको लाखौँको बोलिले माझी नै अचम्ममा परे । नभन्दै उनले अरब सागरबाट ल्याएका ति माछालाई १६ लाख दिने ग्राहक भेट्टाए । र उनले दुईवटा माछालाई ३२ लाखमा किनेर लगे ।

”वर्ल्ड वाइल्ड लाइफ फन्ड” संस्थाका अनुसार यो माछा डेढ मिटरको हुने गर्छ । साथै यसको तौल ३० देखि ४० किलोसम्मको हुने गर्छ ।

उक्त संस्थाका अनुसार यो माछाको एयर ब्लेडेर एकदमै महंगो हुने गर्छ । यो माछा सव्वा प्रजातिको हो भने यो एकदमै दुर्लभ माछा पनि हो । यो माछालाई अरगाइरोसोम्स जापोनिकस भनेर वैज्ञानिक ना दिइएको छ ।

साथै एक अन्य संस्था ”ग्रीनपिस”ले हंगकंगमा एयर ब्लेडरको मूल्य दुई लाख डलर भन्दा धेरै हुने गरेको बताएको छ । साथै चीनमा भने यो माछालाई शुभकामको प्रतिक मानिन्छ ।

साथै यो माछाबाट बिभिन्न औषधीहरु बनाउँने गरिन्छ । त्यसैले औषधी निर्माण गर्ने कम्पनीहरु यो माछालाई महंगो रकम तिरेर किन्ने गर्छन् । यो माछा धेरै जसो ब्लुचिस्तान र सिन्धको समुन्द्रमा पाइन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?