बर्लीनको पोस्टमा वायर्नले गर्यो गोलको वर्षा

काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले सहज जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा वायर्नले हेर्थ बर्लीनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । बर्लीनको मैदानमा थोमस मुलरले ६० औं मिनेटमा गोल गर्दै वायर्नलाई अग्रता दिलाए । ७३ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै वायर्नको अग्रता २-० को बनाए । ७६ औं मिनेटमा थियागोले गोल गरे । त्यसपछि खेलको ८४ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै वायर्नलाई ४-० को जित दिलाए ।

जितसँगै वायर्नले १८ खेलमा ३६ अंक जोडेको छ । वायर्न लिगको दोस्रो स्थानमा रहेको छ । पराजित बर्लीन १९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?