काठमाडौं । लियोनल मेस्सीको गोलमा बार्सिलोनाले स्पेनिस लिगमा जित जित हात पारेको छ ।
आईतबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन मेस्सीले ७६ औं मिनेटमा विजयी गोल गरे ।
मेस्सीले जित सहित नयाँ प्रशिक्षक क्विक सेटिनलाई क्लबमा स्वागत गरेका छन् । डेब्यु खेलमै सेटिनले जित प्राप्त गरेका छन् । ६९ औ मिनेटमा साञ्चेज रातो कार्ड खादै मैदान बाहिरिएपछि ग्रानाडा १० खेलाडीमा सिमित बनेको थियो ।
जितसँगै बार्सिलोना ४३ अंक सहित तालिकाको शीर्ष स्थानमा फर्किएको छ । ग्रानाडा २७ अंक सहित तालिकाको १० औं स्थानमा छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया