३ वटा स्काभेटरमा अज्ञात समूहद्वारा बम विस्फोट

काठमाडौं । मोरङको मिक्लाजुङ गाउँपालिकामा स्थित रमितेमा ३ वटा स्काभेटरमा बम विस्फोट गराइएको छ ।

निर्माणाधीन मिक्लाजुङ आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा अज्ञात समूहले विष्फोट गराइएको स्थानीयले बताएका छन्।

विष्फोट कसले गराएको भन्ने खुलेको छैन । प्रतिबन्धित विप्लव समूहबाट विस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?