चलचित्र ‘पद्मावत’को टिकट मूल्य महंगो

एजेन्सी । सञ्जय लीला भंसालीले निर्देशन गरेको बहुप्रतिक्षित फिल्म ‘पद्मावत’को टिकट मूल्य महंगो पर्ने भएको छ । प्रतिक्षारत फिल्म ‘पद्मावत’ले शुटींग देखी नै धेरै अवरोधको सामना गर्दै आएको छ । रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूरको मूख्य भूमिका रहेको यस फिल्मले बक्स अफिसमा धेरै विवादका खेप्नु पर्यो कारण थियो इतिहासमा आधारित यस फिल्मममा कथा वस्तुलाई तोडमोड गरीएको आरोप लागेको छ हालै मात्र यो फिल्म चलाउने हलमा आगो लगाउने धम्की आएको थियो शुरु देखी नै विवादमा आएको र स्टार कलाकार रहेका कारण पनि दर्शक यो फिल्म हेर्नका लागि आतुर देखीएको छन् यसै आधारमा मल्टिप्लेक्स्का सञ्चालकहरुले फिल्मको टिकट मूल्य ह्वात्तै बढाएका छन् । ‘पद्मावत’ हेर्नको लागी भारतमा टिकट मूल्य २४ सय तोकीने भएको छ यद्यपी सरदरमा ‘पद्मावत’को टिकट मूल्य १ हजारदेखि २४ सयसम्म छ । फिल्मको न्यूनतम टिकट मूल्य २ सय रहेको छ फिल्म ‘पद्मावत’ २५ जनवरी देखी प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?