बच्चाले घुम्न जान नमानेपछि अभिभावकले बोकेर गए वाईफाई राउटर

काठमाडौं । आजको समयमा बच्चाहरु इन्टरनेट भनेपछि मरिहत्ते गर्छन् । त्यसैले खान छोडेर मोवाइल तथा कम्प्युटर चलाईरहन्छन् ।

छोराछोरीहरुको यस्तै कुराबाट अष्ट्रेलियाका एक दम्पति पनि हैरान थिए । उनहिरले आफ्ना बच्चालाई पिकनिक जानको लागि भने । तर बच्चाहरुले पिकनिक जान इन्कार गरिदिए ।

त्यसपछि आमाबुबाले उनीहरुलाई इन्टरनेटबाट छुटकरा दिलाउन अनौठो तरिका अपनाए । उनीहरुले अपनाएको यो तरिकालाई अहिले सामाजिक सञ्जालहरुबाट तारिफ मिलिरहेको छ ।

अष्ट्रेलियाका केसिस र क्रिस ट्रिपका लागि जाँदै थिए । उनीहरुले आफ्ना बच्चाहरुलाई पनि पिकनिक जानको लागि भने । तर उनीहरुले नमानेपछि उनीहरुले वाईफाई राउटर नै बोकेर हिँडे ।

उनीहरुले त्यति मात्र गरेनन् राउटरलाई झुला झुलाएझैँ झुलाए र खाना पनि खुवाए । यो पुरा घटना केसिकले फेसबुकमा शेयर गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “मैले बच्चाहरुसँग पिकनिक जानको लागि सोधेको थिएँ,तर उनीहरुले बोरिङ्ग हुने बताएपछि वाईफाईको राउटर नै बोकेर हिँडेको हुँ ।” एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?