ग्लोबल आईएमई क्यापिटलको अनलाईन स्टेटमेन्ट सेवा बन्द हुने

काठमाडौं, १० माघ । ग्लोबल आईएमइ क्यापिटलले आफ्नो क्यापिटल तथा ग्लोबल आईएमइ बैंक मार्फत हीतग्राही खाता खोलेर सेवा लिइरहेका सदस्यहरुलाई चैत ३० अगाडि नै मेरो सेयर खाताका खोल्नका लागि निवेदन दिन अनुरोध गरेको छ सिडिएस एण्ड क्लियरिङ लिमिटडले माघ ९ गतेदेखि प्राथामिक सेयर तथा हकप्रद निष्कासनहरुमा आवेदन गर्दा अनिवार्य सि–आस्वा प्रणाली मार्फत मात्र गर्नुपर्ने व्यवस्था गरेपश्चात क्यापिटलले सो आग्रह गरेको हो केन्द्रीय आस्वा प्रणाली (सि–आस्वा) लागू भए पश्चात हरेक सदस्यले एक पटक हीतग्राही खाता र बैंक खाता रुजु गराएपछि घरमै बसेर मेरो सेयर मार्फत आईपीओ र हकप्रदमा आवेदन गर्न सक्नेछन् । सि–आस्वामा हीतग्राही खाता र बैंक खाता जोडिएको हुने हुँदा खातामा सञ्चित रकमबाट सबै लगानीकर्ताले घरमै बसेर आईपिओ र हकप्रद सेयरमा आवेदन गर्न सक्नेछन् साथै क्यापिटल मार्फत प्रदान गर्दै आएको अनलाईन स्टेटमेन्ट (डिम्याट एकाउन्ट एक्सेस) सुविधा चैत ३० गतेपछि बन्द हुने समेत जनाएको छ । क्यापिटलले कर्मचारी सञ्चय कोषका कर्मचारी, कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता, नेपाल विद्युत्त प्राधिकरण, चिलिमे जलविद्युत्तका कर्मचारी तथा रसुवाका स्थानिय कर्मचारीहरुलाई डिम्याट खाता खोल्न अनुरोध गरेको छ चिलिमेको सहायक कम्पनीहरु साञ्जेन जलविद्युत्त कम्पनीको आईपिओ गत मंसिर २६ गते र रसुवागढी हाईड्रोपावरको आईपिओ पुस २० गते धितोपत्र बोर्डबाट स्वीकृत भएको थियो । यस आईपिओमा सर्वसाधारणले भने आवेदन गर्न पाउनेछैनन् यी दुबै कम्पनीको साधारण सेयरमा आस्वा प्रणाली मार्फत मात्र आवेदन गर्नुपर्ने र आस्वा मार्फत आवेदन गर्दा डिम्याट खाता अनिवार्य गरिएको हुँदा हालसम्म बैंक खाता र डिम्याट खाता नखोलेका कर्मचारीहरुलाई बैंक खाता र डिम्याट खाता खोल्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?