११ चैत्र २०७९, शनिवार

चुनाव अघि किन लागू गरिन्छ मौन अवधि ?

२०७४,भाद्र,३१,शनिवार ००:०९

0
Shares

काठमाडौँ, ३१ भदौ – असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि सुरु भएपछि प्रदेश २ मा शुक्रबार राति १२ बजेबाट प्रचारप्रसारको सबै खालका कार्य बन्द भएको गोरखापत्रमा खबर छ ।मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेल राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारजगत् कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन पाइने छैन ।आयोगका प्रवक्ता नवराज ढकालले ‘मौन अवधिमा मतदाताले शान्त मनले सोचेर कुन उम्मेदवारलाई मतदान गर्दा उचित हुन्छ भनेर सोच्ने समय हो, यो समयमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइँदैन’ भने ।निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा व्यवस्था भएअनुसार, मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने व्यवस्था छ । मौन अवधि सुरु हुनुअगाडि मतदान केन्द्रको तीन सय मिटरवरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्छ ।

प्रकाशित मिति: २०७४,भाद्र,३१,शनिवार ००:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११