विमानस्थलका प्रहरीलाई डिआइजी पोखरेलको ब्रिफिङः गल्ति गर्ने कसैलाई छुट छैन

काठमाडौं । गायिका आस्था राउतसँग विमानस्थमा भएको विवादको विषय अहिले चर्चामा छ । गायिका राउतले फेसबुक लाइभमा प्रहरीलाई गाली गरेकी थिइन् । उनले आफुलाई प्रहरीबाटै दु्र्व्यवहार भएको भन्दै फेसबुकमा प्रहरीलाई गालि गरेकी थिइन् ।

उनलाई प्रहरीले पक्राउ गर्न प्रहरीले पुर्जीसमेत काटिसकेको छ । उक्त विवादपछि आइतवार महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले विमानस्थलमा खटिएका प्रहरीहरुलाई बोलाएर ब्रिफिङ दिएका छन् ।

उनले ड्युटीमा खटिने प्रहरीलाई आम जनतासँग शिष्ट व्यवहार गर्न निर्देशन दिएका छन् । उनले प्रहरीका तल्लो तहका कर्मचारीका व्यवहारकै कारण प्रहरी पटकपटक बदनाम हुँदै आएकोबारे पनि चर्चा गरे । प्रहरीले आफ्नो बोली व्यवहारमा सुधार गर्नै पर्छ।

यस्ता प्रकरणहरुमा प्रहरीको गल्ती देखिदैन भने त म तल्लो वा माथिल्लो दर्जा भन्दिन, प्रहरीकै पक्षमा हुन्छु। तर, प्रहरीको गल्ती देखिए म तपाईंहरुलाई नै छाड्दिन । गल्ति गर्ने छुट कसैलाई छैन ।

आस्था राउत प्रकरणपछि तल्लो तहका प्रहरीको बोली, व्यवहारमा उठेको प्रश्नका कारण उनीहरुको मनोबल खस्किएको खण्डमा मनोबर वृद्धि गराउन उनले ब्रिफिङ् राखेको स्रोतले बताएको छ ।

प्रहरी भित्रका कसैले पनि अनैतिक कारोबार गर्ने, सेवाग्राहीलाई दुख दिने, गैर कानुनी क्रियाकलापमा संलग्न भएको पाइए आफूले तह तप्का नहेरी कारवाही गर्ने चेतावनी समेत दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?