म्याराथुन दौडमा भाग लिनु नै यी खेलाडिका लागि घातक !

काठमाडौं । मानिसहरु शरीर स्वस्थ राख्नको लागि दौडिने गर्छन् । आफ्नो क्षमता देखाउँनको लागि मानिसहरु दौड कार्यक्रममा भाग लिने गर्छन् । तर अचम्मको एउटा घटना भारतमा भएको छ ।

मुम्बई म्याराथुन दौडमा भाग लिनको लागि एक ६४ वर्षका मानिस पुगे । तर दौडदा दौडिदै अचानक उनको मृत्यु भयो ।

मुम्बई म्याराथुन दौड सन् २०२० पुरुष वर्गमा भाग लिनका लागि एक ६४ वर्षका व्यक्ति आइपुगेका थिए । तर उनी दौडिरहेका बेला कार्डियक अट्याक भयो र उनको मृत्यु भयो ।

उनी अचानक दौडिरहेको बेला जमिनमा लडे । उनलाई अचानक बाम्बे अस्पताल लगियो । तर त्यहाँ उपचारका क्रममा उनको मृत्यु भयो ।

गजानन नाम गरेका ति व्यक्तिको निधनले सामाजिक सञ्जाल अहिले तातेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?