काठमाडौंको चन्द्रागिरिमा पर्‍यो हिउँ, केबलकार चढेर जानेको भीड

काठमाडौं, १० माघ । काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको छ । मंगलबार बिहानैदेखि राजधानीमा बर्षा भएसँगै चन्द्रागिरीमा हिउँ परेको होे चन्द्रागिरिमा हिउँ परेपछि त्यहाँ हिउँ खेल्न जानेहरुको भिड लागेको छ केबलकारबाट पुगेर हिउँ खेल्न सकिने भएकाले पनि सो स्थान रमाइलो गर्नेहरुका लागि सहज बन्न पुगेको छ केबलकार चढेर चन्द्रागिरि पुगेका सर्वसाधारणहरु हिउँ खेलेर रमाइलो गरिरहेका देखिएका छन् । हिउँले ढाकिएपछि चन्द्रागिरि डाँडो नै मनमोहक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?