सेकेन्ड हेन्ड सुटकेसले चम्कायो ५० वर्षीय हाबर्डको भाग्य

काठमाडौं । आजको समयमा मानिसहरु केहि पैसाका लागि मानिसहरुकै ज्यान लिन पनि पछि पर्दैनन् । अमेरिकाको सेन्ट्रल मिसिगन शहरमा बस्ने ५० वर्षीय एक व्यक्तिले सपिङ महलबाट सेकेन्ड हेन्ड सुटकेश किनेका थिए । तर त्यहि पुरानो सुटकेसले नै उनको भाग्य चम्काइदियो ।

घरमा आएर उनकी छोरीले उक्त सुटकेस खोलिन् तब उनीहरु सबै चकित भए । उनीहरुले किनेको सेकेन्ड हेन्ड ब्यागमा ४८ लाख रुपैयाँ फेला पर्याे ।

हाबर्ड किर्बी नाम गरेका उक्त मानिसले पहिले यो पैसाले आफ्नो घरको कर्जा चुकाउँने बारेमा सोचे । तर उनले इमान्दार हुनुपर्छ भन्दै आफ्ना वकिललाई यो बारेमा जानकारी गराए ।

वकिलले उनलाई कसैले पनि कानूनी रुपमा कारवाही गर्न नसक्ने बताए । तर पनि हाबर्डले मानेनन् र पैसा धनीलाई बुझाउने निर्णय गरे ।

उनले पैसाले भरिएको उक्त सुटकेस सपिङ महलका म्यानेजरलाई फिर्ता गरे । सुटकेसको बारेमा अनुसन्धान गर्दै जाँदा त्यो सुटकेस न्युबेरी परिवारको भएको पत्ता लाग्यो ।

न्युबेरी परिवारले आफ्नो पिताको मृत्यु पश्चाद् त्यो सुटकेस नहेरिकन सेकेन्ड हेन्ड सामान बेच्ने सपिङ महल सेन्टरलाई दिएका थिए । पछि हाबर्डको इमान्दारिता देखेर न्युबेरी परिवारले हाबर्डलाई नै सोहि पैसाले सम्मान गर्याे । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?