विश्वका यी ५ कुराबारे आजसम्म अन्जान छन् वैज्ञानिक

काठमाडौं । धर्तीमा रहेका केहि ठाउँहरुलाई लिएर आजसम्म पनि वैज्ञानिकहरु हैरान भएका छन् । बिभिन्न अचम्मका कुराले भरिएको यो विश्वमा ५ यस्ता ठाउँहरु छन् जुन ठाउँको विषयलाई लिएर आज पनि वैज्ञानिकहरु यसको रहस्यमै सिमित छन् ।

१. सन् १९३० मा अनुसन्धान कर्ताले एउटा घना जंगलमा १६टन तौलको पत्थरको बारेमा अनुसन्धान गरेका थिए । यी पत्थरहरु मानव निर्मित हुन् ।

सबैभन्दा छोटो पत्थरको आकृति टेनिस बलको जस्तो छ । तर अचम्मको कुरा त के छ भने सुनसान जंगलकोबीचमा यो पत्थर कसले बनायो भन्ने कुराले आजसम्म पनि वैज्ञानिकहरु अन्यौलमा छन् ।

२. एक स्वस्थ मानिसको आयु धेरैमा १ सय देखि १ सय १५ सम्मको हुन्छ । अधिकांश मानिसहरु ६५ देखि ७० वर्षमात्र बाँच्ने गर्दछन् । तर ली चिंग युएन नामक एक व्यक्ति २ सय ६५ वर्ष सम्म जिवित रहेका थिए ।

चीनका युएन औषधीका विद्वान थिए । भनिन्छ, उनी २ सय वर्षको उमेरसम्म विश्वविद्यालयमा लेक्चर दिन जाने गर्दथे । उनको उमेरका कारण आज पनि वैज्ञानिकहरु हैरान छन् ।

३. विश्वभरमा केहि फरक फरक ठाउँमा चक्रवात तुफान जस्तो आकृति पाइन्छ । तर सबै ठाउँमा एकै किसमको ठाउँ कसले बनाउँछ यो कुरा अहिले सम्म रहस्यमै सिमित छ ।जानकारीका अनुसार केहि प्राकृतिक आपद्का कारण यस्तो बन्ने गर्छन् । भनिन्छ यो काम भगवानले गर्ने गर्छन् ।

४. स्कटल्याण्डमा एउटा २ सय मिटर गहिरो तलाउमा रहस्यमयी जीव बस्ने गर्छ । सन् १९३४ मा लण्डनका एक डाक्टरले उक्त जीव आफ्नो क्यामेरामा कैद गरेका थिए ।

उक्त जीव मानिसहरुको उत्पत्ति हुनुपूर्व नै धर्तीमा रहेको वैज्ञानिकहरुले बताएका छन् । तर अहिले उक्त जीव लोप भईसकेको छ । यो जीव के हो भन्ने बारे अहिलेसम्म पनि वैज्ञानिकहरुले पत्ता लगाएका छैनन् ।

५. केन्याको रुडोल्फ लेकको नजिक बनेको आइल्याण्ड पनि रहस्मयी ठाउँहरु मध्येको एक हो । यसलाई नो रिटर्न आइल्याण्ड भन्ने गरिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार यो ठाउँमा धेरै पहिला मानिसहरुको बस्ती थियो । तर अचानक त्यहाँबाट सबै मानिसहरु गायब भएका थिए । त्यसबारेमा आजसम्म वैज्ञानिकहरुले केहि पत्ता लागाउन सकेका छैनन् । अहिले पनि त्यो ठाउँमा जान मानिसहरु डराउँने गर्छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?