पेस्तोलसहित दुईजना पक्राउ

धनुषा । प्रहरीले चाइनिज पेस्तोलसहित २ जनलाई जनकपुरधामबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं १ रम्दैया का ४२ वर्षीय जितेन्द्र कुमार यादव र वडा नम्बर ५ का ३० वर्षीय कुमोद नारायण झा प्रहरीले जनाएको छ ।

उनीहरुलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । १४ च ७४५९ नम्बरको कारले ज ९ प ५८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि प्रहरी नायव उपरीक्षक कार्कीसहितको टोली दुर्घटनास्थलमा गएको थियो ।

कारमा चेक क्रममा डिक्की भित्र राखिएको ठूलो चाईनिज पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ६ राउण्ड र म्यागजिन १ थान बरामद गरेको धनुषा प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?