सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता हुँदै

काठमाडौं, १० माघ । सातवटै प्रदेशमा राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ प्रत्येक प्रदेशबाट एक दलित, एक अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक, तीन महिला र तीन खुला सहित ८ जना गरी ५६ जनाको बुधबार उम्मेदवारी दर्ता हुँदैछ राजनीतिक दलहरुले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को ललितपुर, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ७ को डोटीको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता भइरहेको छ नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी(राजपा) लगायत दलले उम्मेदवार टुङ्गो लगाएर मनोनयन दर्ताको लागि ७ वटै प्रदेशका निर्वाचन आयोगका कार्यालयमा पुगेका छन् आयोगले बिहान १० देखि ४ बजेसम्म मनोनयन दर्ताको लागि समय तोकिएको छ । राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुन हुँदै छ त्यसैगरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश ५ को उम्मेदवारी दर्ता दाङको घोराहीमा हुँदैछ । उम्मेदवारी दर्ता आज बुधबार बिहान १० बजेदेखि ४ बजेसम्म मूख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?