अन्तरिक्षमा पनि भेटियो बरमुडा, हुन्छन् सोच्नै नसकिने घटना

काठमाडौं । बरमुडा ट्रायङ्गलका बारेमा सबैलाई थाहा नै होला । एटलान्टिक महासागरको बरमुडा ट्रायङ्गलमा अहिलेसम्म धेरै विमान तथा पानीजहाँजहरु रहस्मय तरिकाले बेपत्ता भएका छन् । अन्तरिक्षमा पनि यस्तै अर्काे ठाउँ फेला परेको छ ।

त्यो ठाउँलाई पनि बरमुडा भन्ने गरिन्छ । अन्तरिक्षमा यो ठाउँबाट आउँदा-जाँदा बीचमा अन्तरिक्षयात्रीहरुको अन्तरिक्ष यान तथा कम्प्युटरहरुका साथै अन्य सिस्टमहरु बिग्रिने गर्छन् ।

यो ठाउँलाई अन्तरिक्षयात्रीहरुले चमत्कारीक ठाउँ भन्ने गरेका छन् । यो ठाउँमा अन्तरिक्षयात्रीहरु अचम्मका घटना हुने गरेको बताउँछन् ।

पहिलोपटक यात्रा गरेको बेला स्पेस मेसिनमा यस्तो अनौठो घटना भएको नासाका एस्ट्रोनट टेरी वर्टस्ले बताए ।

उनी सुत्न लागेको बेला सेतो किरण आएर उनको आँखामा असर गर्याे तर उनले त्यो बारेमा पढिसकेका थिए । उनले उनले २३ किलो तौल भएको पानीको प्रयोग गरे र आफ्नो तथा अन्तरिक्ष यानको सुरक्षा गरे ।

अन्तरिक्षमा बरमुडा भन्ने ठाउँ दक्षिण एटलान्टिक महासागर ब्राजीलको ठीक माथि आकाश पर्छ । जब यो ठाउँबाट अन्तरिक्ष यानहरु जान्छन् तब कम्प्युटर रेडिउशनको शिकार हुन्छन् ।

अन्तरिक्ष यात्रीहरु यसलाई साउथ एटलान्टिक एनोमलि भन्ने गर्छन् । त्यसैले यो ठाउँबाट कुनै अन्तरिक्ष यानहरु जानेवाला छ भने जति सक्दो चाँडो त्यो ठाउँबाट निकालिने गरिन्छ ।

टेरीका अनुसार यो ठाउँबाट जाने स्याटेलाईटले पनि रेडिएशनको समस्या झेल्नुपर्छ । यो ठाउँमा पुग्नासाथ कम्प्युटर काम गर्न छोड्छन् । साथै नासाको दुरबिन हबल पनि यो ठाउँमा पुग्नासाथ काम गर्न छोड्छ ।

२३ किलो पानी भरिएको ब्यागले मात्र रेडिएशनको शिकारबाट बँच्न सकिने टेरी बताउँछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?