एउटा परेवा समात्नेलाई एक हजार पुरस्कार

काठमाडौं । भारतको गुजरात स्थित बडोदरामा रहेको एयरपोर्ट प्रशासनका लागि परेवा सबैभन्दा ठूलो समस्या भएको छ । त्यसैले एयरपोर्ट प्रशासनले एउटा परेवा समातेको १ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

बडोदरामा बनेको नयाँ एयरपोर्टमा परेवाले आफ्नो बासस्थान बनाएको छ । त्यसैले त्यहाँको एयरपोर्टको सुरक्षाका लागि परेवा समस्या बनेको छ ।

बडोदरामा १ सय ६० करोड भारतीय रुपैयाँको लागतमा एयरपोर्ट बनाइएको थियो । यो एयरपोर्ट भन्दा २५ किलोमिटर माथि परेवाहरुले आफ्नो बस्ने तथा घुम्ने अड्डा बनाएका छन् ।

यी परेवाहरु एयरपोर्ट प्रशासनका लागि घाँडो सावित भएका छन् । त्यसैले प्रशासनका डाइरेक्टर चरण सिंहले परेवा मार्न नहुने भएकोले समातेर त्यसलाई व्यवस्था गरिदिनेलाई १ हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका हुन् ।

परेवाका कारण एयरपोर्ट प्रशासनलाई सुरक्षा दिन एकदमै दुःख भएको भारतीय सञ्चारमाध्यामहरुले बताएका छन् ।

यस्तै  घटना केहि वर्ष अगाडि इन्डोनेशियाको राजधानी जकार्तामा पनि भएको थियो । तर इनडोनेशियामा भने मुसाले प्रशासनलाई समस्या पारेको थियो ।

त्यहाँ पनि इन्डोनेशियाई सरकारले मुसा समात्नेलाई २० हजार इन्डोनेशियाई रुपैयाँ दिने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?