७ फिटसम्म हिउँ जमेपछि हराएका पर्यटकको खोजी कार्यमा कठिनाई

पोखरा । हिमपातमा फसेका ७ जना पर्यटकहरुको खोजी गर्न सकस परेको छ । शुक्रबारबाट अन्नपूर्णको आधार शिविर क्षेत्रमा हराएका कोरियाली नागरिकसहित ७ जनाको खोजीमा सकस भएको हो ।

ट्रेकिङ एजेन्सी एसोसियशन अफ् नेपाल (टान) पोखराका अनुसार पोखराबाट प्रहरी, गाइडहरु पुगे पनि पाँचदेखि सात फिटसम्म हिउँ जमेको कारण उद्धारमा समस्या भएको छ।

खोजिका लागि प्रहरीले तीनवटा टोलि परिचालन गरेको छ । पहिरो क्षेत्रमा जोखिम रहेको र हिम परेकाले उद्धार टोली त्यहाँ पुग्न सकेको छैन । हिमपातमा परेर मिन बहादुर लामा (तामाङ), छिरिङ भोटे र नेपाली गाइड सरोज परियार सम्पर्क विहिन छन् उनीहरु नेपाली हुन्। त्यस्तै कोरियाली पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?