आफ्नो दूध दान गरेर एक महिलाले बँचाइन् ५ बच्चा

काठमाडौं । आमाको दर्जा विश्वमा सबैभन्दा माथि हुन्छ । यस्तो अवस्थामा एक अन्जान महिलाले अर्कैको बच्चालाई आफ्नो दूध पिलाएर ५ बच्चाहरुको ज्यान बँचाएकी छिन् ।

पाँच जना बच्चाहरु गम्भीर अवस्थामा बिरामी भएर आईसीयुमा थिए । उनीहरु पाँचै जना दूध बाहेक अरु केहि खाँदैन थिए ।

त्यस्तो अवस्थाका पाँच बच्चालाई भारतको अहमदाबादकी रुसिना नाम गरेकी एक महिलाले आफ्नो दूध पिलाएर बँचाएकी हुन् ।

रुसिना पेषाले शिक्षिका हुन् । उनी २० सेप्टेम्वर सन् २०१९ मा आमा बनेकी थिइन् । उनले त्यो बेला सोचेकी थिइन् कि कति आमाहरुले आफ्ना बच्चालाई दूध पिलाउन सकेका छैनन् होला ।

त्यसपछि उनले आफ्नो दूध दान गर्ने फैसला गरिन् । उनले मिल्क ब्यांक प्रोजेक्टसँग जोडिएका एक डाक्टरसँग सल्लाह गरेर १२ लिटर दूध दान गरिन् ।

रुसिना चाहान्छिन् उनकै जसरी अन्य महिलाहरुले पनि दूध दान गरुन् । उनको यो सहयोग देखेर उनको परिवार तथा समाज पनि धेरै खुसी भयो । अहिले रुसिनालाई गाउँका मानिसहरु ‘सुपरम्याम’ भनेर बोलाउँने गर्छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?