नगर प्रमुखको घरमा अज्ञात समूहद्वारा बम विस्फोट

धनगढी, १० माघ । कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको घरमा अज्ञात समूहले प्रेसर कुकुर बम विस्फोट गराएको छ बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए घरदेखि झण्डै १५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोटन गराइएको जनाइएको छ हावा हुरीसँगै वर्षा भइरहेको समयमा करिब २ बजे राति बम विस्फोटन गराइएको नगर प्रमुख साउदले बताए घटनास्थलबाट ३५ मिटर विद्युतीय तारसमेत बरामद भएको छ । स्थानीय तहको निर्वाचनमा साउद एमालेका तर्फबाट गोदावरी नगरको प्रमुखमा विजयी भएका थिए । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?