डेब्यु खेलमा हालाण्डको ह्याट्रिक, डर्टमण्डको सहज जित

काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित हात पारेको छ ।

शनिबार भएको खेलमा डर्टमण्डले अग्सवर्गलाई ५-३ गोल अन्तरले पराजित गरेको हो । दुई गोलको अग्रता उल्टाएर डर्टमण्डले जित निकालेको हो ।

डर्टमण्डको जितमा डेब्यु खेलाडी अर्लिङ हालाण्डले ह्याट्रिक गरे । दोस्रो हाफमा मात्र मैदान छिरेका हालाण्डले ह्याट्रिक गरे । नर्वेका १९ वर्षे युवा फरवार्ड हालाण्डलाई डर्टमण्डले जनवरी ट्रान्सफरमा अनुबन्ध गरेको थियो । यस्तै जाडोन सान्चो र जुलियन ब्राण्टले समान एक एक गोल गरे ।

घरेलु टोलीका फ्लोरियन निडेरलिच्नरले दुई गोल गरे । मार्को रिट्चरले एक गोल गरे । जितसँगै डर्टमण्डले १८ खेलमा ३३ अंक जोडेको छ । डर्टमण्ड लिगको चौंथो स्थानमा रहेको छ ।

अग्सवर्ग २३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?