बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा केही दिन यता सुन तथा चाँदीको मूल्यमा उतारचढाव भइरहेको छ । यसैक्रममा सुन तथा चाँदीको मूल्य सामान्य रुपमा घटबढ भैरहेको छ । शुक्रवार प्रतितोला ७४ हजार ८ सय भएको छापावाला सुनको मूल्य आज बृद्धि भइ ७५ हजार कायम भइ कारोबार भइरहेको छ । भने तेजावी सुनको मूल्य ७४ हजार ७ सय रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज शुक्रवारको तुलनामा चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन् । शुक्रवार प्रतितोला चाँदीको मूल्य ८ सय ९० रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?