काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोली पराजित भएको छ ।
शनिबार राति भएको खेलमा नापोली घरेलु मैदानमा फ्लोरेन्टिनासँग २-० गोल अन्तरले पराजित भएको हो । फ्लोरेन्टिनालाई जित दिलाउन फेड्रीको चिसा र डुसान भ्लाहोभिकले समान एक एक गोल गरे ।
खेलको २६ औं मिनेटमा फेड्रीकोले गोल गर्दै फ्लोरेन्टिनालाई अग्रता दिलाए । ७४ औं मिनेटमा डुसानले गोल गरेपछि फ्लोरेन्टिना २-० ले विजयी भयो । हारसँगै नापोलीले २० खेलमा २४ अंक जोडेको छ । नापोली लिगको १३ औं स्थानमा रहेको छ ।
फ्लोरेन्टिना २४ अंक जोडेर ११ औं स्थानमा उक्लिएको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया