जितसँगै रियल शीर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा जित निकाल्दै रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

चौथो स्थानमा रहेको सेभियाबिरुद्ध २–१ को जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो । शनिबार राति स्यान्टियागो बर्नेबाउमा भएको खेलमा ब्राजिलियन मिडफिल्डर कासिमेरोको दुई गोलको मद्दतले रियलले महत्त्वपूर्ण तीन अंक बटुलेबको हो ।

खेलको ५७ औँ मिनेटमा लु कासिमेरोले रियललाई अग्रता दिलाए । लगत्तै लुक डि योङले सेभियाका लागि बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि नै कासिमेरोले लुकास भाज्क्वेसको क्रसमा हेडमार्फत गोल गर्दै रियलको जित सुनिश्चित गरे ।

जितपछि २० खेलबाट रियलले ४३ अंक बटुल्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । यसअघि अंक बराबर रहेको बार्सिलोना तीन अङक्ले पछि पर्दै दोस्रो स्थानमा रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?