२०७८,बैशाख,२४,शुक्रवार

यो गुफामा छ भगवान गणेशको काटिएको शिर


काठमाडौं । हिन्दु धर्ममा भगवान गणेशलाई प्रथम पुज्य देवताका रुपमा हेर्ने गरिन्छ । भनिन्छ भगवान शिवले क्रोधमा आएर गणेशजीको शिर काटिदिएका थिए ।

पछि माता पार्वतीले भनेपछि भगवान शिवले हात्तीको टाउको ल्याएर जोडिदिएका थिए । तर भगवान गणेशको शिर कहाँ राखिएको थियो भन्ने कुरा सायदैलाई मात्र थाहा होला ।

भगवान शिवले गणेशजीको वास्तविक शिर एउटा गुफामा राखेका थिए । उक्त गुफा भारतको उत्तरखणडस्थित पिथौरागढमा रहेको छ । यस गुफालाई पाताल भुवनेश्वरको नामबाट पनि चिन्ने गरिन्छ ।

यसको वर्णन स्कन्द पुराणमा गरिएको छ । जहाँ गणेशजीको शिर रहेको छ त्यहाँ भक्तहरुको आस्थाको केन्द्र रहेको छ । त्यहाँ रहेको गणेशजीको मूर्तिलाई आदि गणेश भनेर भन्ने गरिन्छ ।

यो गुफा एउटा विशाल पहाडको ९० फुट भित्र रहेको छ । यो गुफाको खोजी भगवान आदि शंकराचार्यले गरेका थिए । यस गुफामा भगवान गणेशको काटिएको शिरको माथि १०८ शवाष्टक व्रह्मकमल रहेका छन् ।

यो व्रह्मकमलबाट भगवान गणेशको शिलारुपी मूर्तिमा जल झर्छ । मान्यताका अनुसार यो व्रह्मकमल भगवान शिवले नै  स्थापित गरेका थिए ।

मन्दिरमा आदिगणेशको शिर खस्दै गरेको देखिन्छ । यो गुफामा कालभैरवको जीब्रोको पनि दर्शन गर्न सकिन्छ ।

यसबारेमा मानिसहरु कालभैरवको मुखबाट पसेर गर्भमा प्रवेश गर्दै पुछारबाट निस्किँदा मुक्ति मिल्ने विश्वास गर्छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,७,मंगलवार १४:५३


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लकडाउका कारण प्रेमीम्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न

काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी

काठमाडौं । जागिर हरेकको फरक फरक नै हुन्छ । जागिर खाँदा थोरै मोज मस्ती, थोरै आराम, केहि फुर्सद भएमा जागिर

काठमाडौं । तपाईले हलिउड फिल्म स्पाइडर म्यान त हेर्नु नै भएको होला । जसमा एक युवक भित्तामा, ढोकामा सेकेण्डमै चढ्दछन्

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८
चट्याङ लागेर १ जनाको मृत्यु, ८ जना घाइते
 २०७८,बैशाख,२४,शुक्रवार १४:४८
तास खेलिरहेका १० जना जुवाडे पक्राउ
 २०७८,बैशाख,२४,शुक्रवार १४:४३