ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ ।

पहिलो खेलमा न्युरोड टिम एनआरटी र एपीएफ भिड्दै छन् । त्यस्तै, दोस्रो खेलमा फ्रेन्ड्स र सरस्वतीबीच प्रतिस्पर्धा हुँदैछ । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुनेछ । पहिलो खेल बिहान साढे ११ बजे सुरु हुनेछ । दोस्रो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सातौ र आठौ चरणका सबै खेल दशरथ रंगशालामा हुने बताएपनि बिहीबार र शुक्रबार भारी बर्षाका कारण खेल एन्फा कम्प्लेक्समा सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?