प्रधानमन्त्री ओली र प्रचण्ड बालुवाटारमा, के छ एजेन्डा ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष द्वय भेटवार्ता सुरु भएको छ । बालुवाटारमा केहिबेर अघिदेखि सुरु भएको भेटमा सभामुख चयनको विषयलाई टुङ्गो लगाउने स्रोतले बताएको छ ।

दुई अध्यक्षबीच पछिल्ला दिन भएका छलफलहरु सकारात्मक हुँदै गएको दुई अध्यक्ष निकट नेताहरुको दाबी छ। यसअघि पटक पटक बसेको उक्त बैठकमा सभामुखबारे दुई अध्यक्षले निष्कर्ष निकाल्न सकेका छैनन् ।

प्रधानमन्त्री ओलीले पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहाको निकट स्रोत बताउछ । अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई बनाउन चाहेको बुझिन्छ ।

उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुखमा दावी गर्दै आइरहेकी छन्।

सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सुचना टाँसेर स्थगित भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?