प्रदेश ५ संसदको हिउँदे अधिवेशन आजबाट

बुटवल । प्रदेश ५ संसदको हिउँदे अधिबेशन आज १ बजेबाट सुरु हुँदैछ ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिस र प्रदेश प्रमुख धर्मनाथ यादवको आह्वानमा आजबात अधिवेशन सुरु हुन लागेको हो ।

यस अघि गत जेठ २ गते सुरु भएर असोज २ मा बजेट अधिवेशन भएको थियो । आज पहिलो दिन शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको प्रदेश ५ प्रदेशसभा सचिवालयले जनाएको छ ।

संसद्मा प्रस्तुत हुने एजेन्डाबारे भने कार्यपरामर्श समितिले निर्णय गर्ने बताइएको छ । प्रदेश ५ सरकारले यो अधिबेशनबाट प्रदेशको नाम र राजधानी टुङ्गोसमेत लगाउने बताइएको छ ।

७ वटा प्रदेश मध्ये प्रदेश १ र २ सँगै ५ ले अझै नाम र स्थायी राजधानी टुंग्याउन सकेको छैन । अन्य ४ वटाले भने टुङ्ग्याईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?