राष्ट्रियसभाका उम्मेदवारको अन्तिम नामावली माघ १५ गते सार्वजनिक हुने

काठमाडौं, १० माघ । निर्वाचन आयोगले राष्ट्रिय सभाका उम्मेदवारहरुको अन्तिम नामावली यहीँ माघ १५ गते सार्वजनिक गर्ने भएको छ आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली यहीँ माघ १५ गते सार्वजनिक गर्ने कार्यसूचि रहेको बताएका छन् ढकालले सोही दिन निर्वाचन चिन्ह पनि प्रदान भएपछि निर्वाचन प्रचार अभियान पनि सुरु हुने स्पष्ट पारे बुधबार राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी मनोनयन भएपछि निर्वाचन आयोगले सो सम्बन्धमा छानवीन गरी १५ गते अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका तय गरेको हो निर्वाचन आयोगले शुक्रबारबाट राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता पनि लागू गर्ने जनाएको छ आयोगका प्रवक्ता ढकालले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दल र त्यसका उम्मेदवारको कर्तव्य हुने पनि स्मरण गराए । निर्वाचन आयोगले आचारसंहिता उलंघन गर्ने माथि कडा कावारही गरिने चेतावनी समेत दिए आगामी माघ २४ गते बुधबार राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभाको निर्वाचनका लागि २ हजार ५६ जना मतदाता रहेका छन् उनीहरुले प्रत्येक प्रदेशबाट ८–८ जनाका दरले ५६ जना उम्मेदवारलाई चयन गर्नेछन् । राष्ट्रिय सभामा जम्मा ५९ सदस्य हुन्छन । ३ सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?