बाह्रविसेमा कर्फ्यु

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ ।

नगरपालिकाले वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काएको थियो। त्यसैको विरोधमा आक्रोशित स्थानीय(अतिक्रमणकारी)ले बजार क्षेत्रमा नारा जुलुस र नगरपालिकाको कार्यालयमा तालाबन्दि समेत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले अर्को व्यवस्था नभएसम्म आइतबारदेखि विहान ८ बजेबाट बेलुकी ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेकी छिन्।

जिल्ला प्रसासनले अशान्ति र हुलदुङ्गा हुनसक्ने भन्दै कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?