तपाईको आजको दिन कस्तो रहनेछ ? हेनुहोस्

काठमाडौं । वि.सं. २०७६ माघ ०५ गते । आईतबार । इ.स.२०२० जनवरी १९ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । हेमन्त ऋतु । ने।सं। ११४० पोहेलागा । माघ कृष्णपक्ष । तिथी– दशमी,२९ बजेर ०८ मिनेट उप्रान्त एकादशी । नक्षत्र– विशाखा,२६ बजेर १६ मिनेट उप्रान्त अनुराधा । योग– शूल,१३ बजेर ०८ मिनेट उप्रान्त गंड । करण– वणिज, १७ बजेर ५९ मिनेट उप्रान्त भद्रा,२९ बजेर ०८ मिनेट उप्रान्त गर बव । आनन्दादिमा उत्पात योग । चन्द्रराशि–तुला,२० बजेर ३२ मिनेट उप्रान् वृश्चिक । काठमाडौंमा सूर्योदय ६ बजेर ५७ मिनेटमा, सूर्यास्त १७ बजेर ३१ मिनेटमा । दिनमान २६ घडी २६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथि भेटिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पति तथा विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरिको यात्रा हुनेछ । परिवारका साथ रमाईलो जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । नोकरिमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धि समस्या झेल्नेहरुले मुक्ति पाउँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : बिद्या तथा प्रतिस्पर्धामा सहपाठिहरुलाई पछि पार्दे पुरस्का तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टाएर जानेछ । भाग्यले प्रेमपात्र जुराउँनेछ भने मन परेका मानिसबाट उपाहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुदा मन प्रशन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : अरुकै काममा समय व्यातित हुदा आफ्नो कामभने थाति रहनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । अन्न व्यापारमा मन्दि आएपनि कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । विस्वास गरेकै मानिसबाट धोका पाईनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाब बढ्ने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : व्यापार व्यावसायमा लगानी गरि प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आटिला तथा पुरुशार्थी काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ । सामाजिक काम गरि जनताको समर्थन जुटाउँन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : धन स्थानमा गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानि हुनेछ । सर सापटी दिईएका रुपैयाँ पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलव्धिमुलक काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउँन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या देखिन सक्छ । अध्ययनमा मन नजानाले बौद्धिक क्षेत्र सागुरो हुनेछ । व्यापारमा मन्दि आउनाले आर्थिक अवस्था खस्कनेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुनेछ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । तरपनि ईमान्दार तथा लगनसिल भएर लाग्नाले उपलब्धि हात पार्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) : पढाइ लेखाइमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा बढिनै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तापनी विदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानि बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : आफुलाई मन पर्ने वा रुचिको बिषय अध्ययन गरि बौद्धिकताको स्तर फराकिलो बनाउँन सकिनेछ । राजनीतिज्ञ तथा विशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धि काम गरि लक्ष्य पहिल्याउँन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : राम्रा तथा परिणाममुखि काम गरि अरुको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्नेहरुले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहकोछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : शरिर कमजोर हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले केहि समय कुर्नुनै राम्रो नै होला । माया प्रेममा धोका तथा अविस्वास बढ्ने योग रहेकोछ । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरुकै काममा समय व्यातित हुदा मन खिन्न हुनेछ । सानो उपलव्धिमा दिन व्यातित हुने सम्भावना रहेकोछ ख्याल गर्नुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?