ज्ञानेन्द्रको बिद्रोह आयो

काठमाडौं । विदेसीएका नेपालीहरुको यर्थाथतालाई गीत मार्फत अभिव्यक्त गरिएको ‘बिद्रोह’ गीत सार्वजनिक भएको छ । कुनै बेला बेरोजगार युवालाई रोजगारी वा प्रमाणपत्र धितो राखेर ऋण दिन खुलामञ्चमा आमरण अनसन बस्ने समूहका कलाकार ज्ञानेन्द्र अधिकारीले यो गीत वजारमा ल्याएका हुन् ।

राष्ट्रवादी केन्द्र नेपालका नेता समेत रहेका अधिकारीले युवाहरुलाई विदेशमा बेच्ने व्यवस्था ठीक नभएकोले ढाल्नुपर्छ भन्दै गीत मार्फत आह्वान गरिएको वताएका छन् ।
अष्ट्रेलिया, युरोप, अमेरिका देखि खाडी मुलुकसम्म दुःख गर्ने नेपालीलाई स्वदेश फर्कन यो व्यवस्था ढाल्नुपर्छ भन्दै स्वदेशमा फर्कन आह्वान गरिएको छ ।
सामाजिक सञ्जाल, मिडिया सबैले सरकारको आलोचना गरेको भन्दै सत्तापक्षले आलोचना गरिहेको बेला आएको यो गीतलाई सरकारलाई समेत युवाहरुको समस्यालाई न्युनिकरण गरेर स्वदेशमै रोजगारको ग्यारेन्टी गर्ने समेत झस्काएको छ । गितले विदेशीएका युवाहरुको समस्यालाई मात्र होइन नेपाली युवाहरुको यर्थाथलाई समेत चित्रण गरेको छ ।
बिदेशमा रगत र पसिना बगाएर अरुको देश वनाउन भन्दा नेपालमै केही गरौं भन्ने भावना र विदेशिएका नेपालीहरुको यर्थाथता चित्रण गरिएको विर्दोहले वजारमा राम्रो प्रतिक्रिया पाइरहेको वताएका छन् । यस गितमा शव्द संगित ज्ञानेन्द्र अधिकारीको रहेको छ भने संस्कृति कार्कीको प्रस्तुति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?