इङ्लिस प्रिमियर लिगमा टोट्टनहाम र वाटफोर्ड बराबरी खेले

काठमाडौँ । जारी इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टनहामले तुलनात्मक रुपमा कमजोर टोली वाटफोर्डसँग अंक बाँडेको छ ।

वाटफोर्डको घरेलु मैदानमा शनिबार साँझ भएको खेलमा टोट्टनहाम गोलरहित बराबरीमा रोकिएको हो । बराबरीसँगै २३ खेलबाट ३१ अंक बनाएको टोट्टनहाम तालिकाको सातौं स्थानमा छ । समान खेलबाट २३ अंक बनाएको वाटफोर्ड १६औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?