काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको अध्यक्षसहित ५ पदाधिकारी नाम सिफारिस भएको छ ।
शनिबार बसेको दुई आयोगका पदाधिकारीको सिफारिस गर्नका लागि गठित समितिले कानु्नमन्त्रीमार्फत मन्त्रीपरिषद्का पदाधिकारी नाम सिफारिस गरेको कानुन न्याय, तथा संसदीय मामिला मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिए ।
उनका अनुसार सत्य निरुपणको अध्यक्षमा गणेश दत्त भट्ट र बेपत्ता छानबिन आयोगमा युवराज सुवेदीको नाम सिफारिस भएका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले सबै पदाधिकारीको नाम अनुमोदन गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया