आरबीबी भलिबल च्याम्पियनसिप : एपीएफ र आर्मी विजयी

काठमाडौं । एपीएफ क्लबले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला(पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ जित हात पारेको छ ।

शनिबार भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-० सोझो सेटमा पराजित गर्दै एपीएफले जित हात पारेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपीएफले जावलाखेलमाथि २५-४,२५-८ र २५-८ को सेटमा जित निकाल्यो ।

त्यस्तै, अर्को खेलमा आर्मीले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३-० को सेटमा पराजित गर्यो । आर्मीले भरतपुरलाई २५-८,२५-२० र २५-१० ले हरायो । प्रतियोगिताको पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ । महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।

माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५-२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०-१० हजार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?